Rule 4
८ विशेष ज्यालादर तथा मूल्य निर्धारण समितिको काम कर्तव्य र अधिकार
:
४.८.१ नेपाल सरकार, भवन विभागले तोकिदिएको मापदण्ड अनुसार गर्नुपर्ने गरी तोकिएका प्राचीन स्मारक बाहेक अन्य प्राचीन स्मारकहरूको मर्मत, जीर्णोद्धार तथा पुननिर्माण गर्ने सम्बन्धमा विशेष ज्यालादर तथा मूल्य निर्धारण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
४.८.१.१ प्राचीन स्मारकको मर्मत, जीर्णोद्धार तथा पुन निर्माण गराउँदा कामदार तथा कालिगढहरूलाई दिइने विशेष ज्याला दरको रकम निर्धारण गर्ने ।
४.८.१.२ प्राचीन स्मारकको मर्मत, जीर्णोद्धार तथा पुननिर्माण गराउँदा आवश्यक पर्ने परम्परागत निर्माण सामग्रीहरूको मूल्य निर्धारण गर्ने ।
४.८.१.३ प्राचीन स्मारकको मर्मत, जीर्णोद्धार तथा पुननिर्माण गराउँदा लाग्ने कामदार तथा कालिगढहरूको संख्या तोक्ने ।